१६ चैत्र २०८०, शुक्रबार

लकडाउनमा सेवा प्रवाह गर्न क्लासिक टेकको कोभिड-१९ टाक्स् फोस्र

Classic Tech

कोरोना भाईररस (कोभिड-१९) को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसको फैलावट रोक्न लागि सरकारद्वारा लकडाउन घोषणा गरिएको छ ।

सरकारद्वारा घोषणा गरिएको यस लकडाउनमा अति आवश्यक काम नभएसम्म घर बाट बाहिर ननिस्कन हुन सरकारले आग्रह गरेका छन्। यस्तो समयमा विभिन्न ठुला लगायत प्राय सबै कम्पनीरकार्यालय हरु ले घरै बसेर काम गरिरहेका छन् भने कम्पनिरकार्यालय मात्र नभई आमजनताका जीवन मा पनि इन्टरनेट सेवा अति आवश्यक भएको छ।

यस्तो चुनौतिपूर्ण घडिमा ग्राहकहरुलाई सेवा प्रदान गर्नको निम्ति इन्टरनेट सेवा प्रदायक क्लास्सिक टेकले बिशेष सावधानी अपनाएर सेवा दिने जानकारी गराएको छ।

सबै जना घरमै बस्न विवश परिस्थितिमा विशेष गरी दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायतअन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भइरहेको छ । अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ ।

क्लासिक टेकको यस COVID-19 Fiber Task Force ले बैंक र अस्पताल लगायतका कर्पोरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आएको क्लासिक टेकले जनाएको छ ।

क्लासिक टेकले COVID-19 Fiber Task Force को स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परिक्षण गराउनुका साथै उनीहरुका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जानकारी गराएको छ । साथमा कोरोना संक्रमणबाट सुरक्षित रहने बिशेष सावधानिका उपायहरु बारेपनि सचेतना प्रशिक्षण दिइएको क्लासिक टेकले जनाएको छ ।

महामारीबाट आफ्ना COVID-19 Fiber Task Force स्टाफ कर्मचारी तथा उनीहरुका परिवार जन र आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी क्लासिक टेकले कार्यालयहरुमा नै COVID-19 Fiber Task Force लागि खाने बस्ने व्यवस्था समेत मिलाएको र चारै प्रहर सेवाप्रवाह गराउँदै आएको समेत जनाएको छ।