१४ बैशाख २०८१, शुक्रबार

किएभमा रुसी क्षेप्यास्त्र प्रहार, राजधानीको सडकमा भिडन्त सुरु

u1

युक्रेनको राजधानी किभका सडकमा भिडन्त भइरहेको छ । किभमा प्रवेश गरेको रुसी सेनासँग सडकमा भिडन्त सुरु भएको र युक्रेनी सेनाले प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

सडकमै भिडन्त सुरु भएपछि युक्रेनका अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् । रुसको भीषण बम र गोलाबारीबीच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससामु कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन् । यसअघि उनले देश छाड्न अमेरिकाले गरेको आग्रह अस्वीकार गरेका थिए ।

ukraine war

रुसी हमलामा परी हालसम्म १९८ जना युक्रेनीको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये ३ जना बालबालिकासमेत छन् । त्यस्तै, एक हजार ११५ जना घाइते भएको युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियास्कोले जानकारी गराएका छन् ।

रुसी सेनातर्फ समेत ठूलो हताहती भएको युक्रेनले बताएको छ । त्यहाँका अधिकारीहरूले ३५ सय रुसी सैनिक मारिएको दाबी गरेका छन् । युक्रेनको जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै रुसका १४ वटा विमान, ८ हेलिकप्टर, १०२ वटा ट्याङ्क, ५३६ सशस्त्र बहान र १५ वटा तोप ध्वस्त पारेको जनाएको छ ।