१६ चैत्र २०८०, शुक्रबार

छलफल काँग्रेस र एमाले नेताहरूबिच

congress uml

नेपाली काँग्रेस र प्रमुख विपक्षी दल नेकपा (एमाले) नेताहरूबिच अध्यक्ष ओलीको निवास बालकोटमा एमसीसीलाई अनुमोदन गर्ने लगायतका विषयमा छलफल भएको छ ।

बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नभएको र छलफल जारी रहने बताउनुभयो ।

छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल छलफलमा सहभागी हुनुहुन्थ्यो ।