१४ बैशाख २०८१, शुक्रबार

(भिडियोसहित) केपी ओलीको रचना र मदन गोपालको स्वर रहेकाे गीत सार्वजनिक

mqdefault

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रचना तथा नेपाली गायन क्षेत्रमा विशिष्ट स्थान हासिल गर्दै गरेका लोकप्रिय गायक मदनगोपालको स्वरमा ‘म जन्मिए नेपालमा…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।

म्युजिक भिडियो युट्युव च्यानल ‘बिजी म्युजिक’मार्फत् सार्वजनिक गरिएको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको देशभक्तिपूर्ण शब्द रहेको गीतको संगीत गायक मदनगोपालले नै गरेका हुन् भने स्वरमा आरके श्रेष्ठले साथ दिएका छन् ।

त्यस्तै, समूह गायनमा मौना थापा र मिना पाण्डे रहेका छन् भने सुशान्त गजुरेलले साउण्ड एरेन्ज गरेका छन् ।

श्याम खड्काको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन जावेद खानले गरेका हुन् भने दृश्य सम्पादन प्रशिश र रिभेन्जले गरेका हुन् ।

    सम्बन्धित समाचार...