२० बैशाख २०८१, बिहीबार

सामाजिक सञ्जालमा प्रधानमन्त्री सहित मन्त्रीको मानमर्दन गरेको आरोपमा दुई पक्राउ

handcuff

सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा मन्त्री लगायतका व्यक्तिहरुविरुद्ध अफवाह फैलाएको आरोपमा खोटाङको ऐसेलुखर्क १ स्थायी घरभई हाल काठमाडौंको बूढानिलकण्ठ नगरपालिका चुनीखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ५ स्थायी घरभई सोही ठाउँ बस्ने ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ पक्राउ परेका छन ।

उनिहरुलाई बेग्ला बेग्लै स्थानबाट प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो ।

नाछिरिङले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री लगायतका मन्त्रीरुको फोटो प्रयोग गरी अमर्यादित कार्य गरेको र श्रेष्ठले प्रधानमन्त्रीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने काम गरेकोले पक्राउ गरिएको हो ।

उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ले बन्देज गरेका सामग्रीहरू प्रकाशन गरेका मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।