२६ बैशाख २०८१, बुधबार

पास फेल जे भएपनि गठबन्धन कायम राख्ने सहमती छ : माधव नेपाल

IMG 20220225 104401

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास फेल ने भएपनि सत्ता गठबन्धन कायम राख्ने सहमति भएको बताउनु भएको छ ।

समाजवादी प्रेस सङ्गठनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष नेपालले सत्ता गठबन्धनका सम्बन्धमा नेकपा एसले मात्र सोचेर भएन त्यसमा काँग्रेसले पनि सोच्ने कुरो हो भन्नुभयो ।

अध्यक्ष नेपालले यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन गर्न नसकिने पार्टीले निर्णय गरेको उल्लेख गर्दै संसदमा एमसीसीबारे नीति अवलम्बन गर्ने विषयमा दलहरू बीच गम्भीर छलफल भइरहेको बताउनु भएको छ ।

अध्यक्ष नेपालले छिमेकी देशको शान्ति सुरक्षामा असर पुग्न सक्ने काम नेपाली भू–भूभाबाट हुन दिनु हुँदैन भन्दै नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भयो ।