४ जेष्ठ २०८१, शुक्रबार

शुक्रवार ६ प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने

weather aajko mausam

शुक्रवार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

देशमा हाल पश्चिमी न्यून चापीय वायुकाे प्रभाव रहेकाे महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।