७ बैशाख २०८१, शुक्रबार

बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ, अवैध कल बाइपासमा संलग्न भएको आशंका

Nepal police

नेपाल प्रहरीले काठमाडौँको पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीका अनुसार उनीहरूबारे अनुसन्धान भइरहेको छ । ती चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ ।