१५ बैशाख २०८१, शनिबार

प्रारम्भिक सुनुवाइ आज स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा

Supreme Court 43KnAVGEAY

स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ।

सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो ।

महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ।

सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हो ।

०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, यो पटक ७५३ वटै स्थानीय तहको निर्वाचन एक पटक गर्न लागिएको हो ।