१४ बैशाख २०८१, शुक्रबार

झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित: एमाले

Birodh
फाइल फोटो

नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।

कोभिडविरुद्ध पहिलो खोप किनेर लगाएको मन्त्री खतिवडाको दाबी झुटो भएको भन्दै एमालेले आपत्ति जनाएको जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न माग गर्नु भएको छ ।

मन्त्री खतिवडाले सार्वजनिक रुपमै पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताउँदै आउनु भएको छ ।

खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ झुटो र अफवाहपूर्ण भएको एमालेले जनाएको छ ।