१४ बैशाख २०८१, शुक्रबार

मन्त्रालयले गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझायो

khop harayeko pratibedan

हराएको भनिएको कोभि-१९ विरुद्धको खोप खोज्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

डा. गुणराज लोहनी संयोजक रहेको छानबिन समितिले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

केही समय अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको थियो ।

यस विषयमा प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । खोप हराएको विषयमा आलोचना बढेपछि स्वास्थ्यमन्त्री खतिवडाले छानबिन समिति गठन गरेका थिए ।