२२ बैशाख २०८१, शनिबार

सुध्रीदै बेलायतका प्रधानमन्त्रीको स्वास्थ, राष्ट्रपति भण्डारीद्वारा स्वास्थलाभको कामना

Boris Johnson

कोरोना संक्रमणका कारण दोस्रो दिन पनि आई सि युमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था सुधारोन्मुख बताइएको छ । घरमा आइसोलेसनमा रहेका बेला स्वास्थ्य अवस्था खस्किएपछी उनलाई लण्डनको सेन्ट थोमस अस्पताल भर्ना गरिएको थियो।

डाउनिङ स्ट्रीटमा आयोजित प्रेस ब्रिफिङमा चान्सलर रिसि सुनले मन्त्रिपरिषद्को बिहीबार बस्ने ‘कोब्रा’ बैठकले लकडाउनका विषयमा आवश्यक निर्णय लिनसक्ने बताए।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका र्‍याबले प्रधानमन्त्री जोन्सनलाई अक्सिजनसहितको उपचार दिइएको र हाल भेन्टिलेटरबिना आफैं श्वास फेरिरहेको जनाएका छन्। 

त्यस्तै राष्ट्रपति भण्डारीले बुधबार अपराह्न महारानी एलिजाबेथ द्वितीयालाई एक सन्देश  पठाउँदै  उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

हालसम्म बेलायतमा ६०,७३३ कोरोना संक्रमित भेटिएका छन भने , ७,०९७को कोरोनाको कारण निधन भैसकेको छ ।