२५ बैशाख २०८१, मंगलवार

भायानेट को डाटाबेस ह्याक्, डेढ लाख प्रयोगकर्ताको डाटा अन्लाईनमा

vianet logo

एक पछी अर्को गर्दै नेपाली टेक कम्पन्री हरु ह्याकिङ को सिकार भैरहेका छन । केहि अघी फुड्मान्डु ह्याक भएको थियो भने, शिरान टेकनोलोजिज लाई काठमाण्डु प्रेसले सर्भर ह्याक को आरोप लगाएको थियो ।

यी सबै आरोपहरु बिच आज भायानेट को प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण भएको डाटाबेस ह्याकको समाचार आएको छ । ट्विटर मा ह्याकरले सो कुरा जनाँउदै एक ट्विइट गरेको पछी ह्याक भएको कुरा बाहिर आएको हो ।

ह्याक् भएको डाटामा प्रयोगकर्ताका नाम, ठेगाना, इमेल एड्रेस तथा फोन नम्बरहरु रहेका छन् । लिक भएका डेटा डार्क वेबमा राखिएको छ ।

vianet hacked dump

भयानेट सँग सम्पर्क गरेर बुझ्न खोज्दा , सपोर्ट कर्मचारी (आषिश डाँगि) ले फोन पास गर्न मानेनन भने , भायानेट ले अहिले सम्म ह्याक को समाचार पुष्टी गरेको छैन ।

    सम्बन्धित समाचार...