१६ चैत्र २०८०, शुक्रबार

कानुन मन्त्री बडूले भने– न्यायापालिकाको अवरोध हटाउन पहल गरेनन्, यसै कारण महाभियोग

badu Cholendra

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयको चिन्ता नगरेका कारण प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा विरुद्ध महाभियोग दर्ता भएको बताएको छन् ।

‘गतिरोधमा न्यायापालिका रह्यो । न्यायापालिकाको आवश्यकता र यसको गरिमामाथि प्रश्न उठ्ने अवस्था आइरहेको छ । त्यसकारण पनि प्रतिनिधिसभाका सांसदले जुन संवैधानिक निकास खोज्ने प्रयत्न खोज्नु भयो त्यो हाम्रो जानकारीमा आएको छ र यो अघि बढ्छ ।

संवैधानिक गतिरोधले अब निकास पाउँछ । यो गतिरोध अन्त भएपछि न्यायापालिकाको पनि संवैधानिक बाटो सुचारु हुन्छ । यो संवैधानिक निकास आवश्यक थियो,’ बडूले पत्रकारहरुसँग कुराकानी गर्दै भने ।

प्रतिनिधिसभाका ९८ जना संसादहरुले संविधानको धारा १०१ को उपधारा २ वमोजिम सर्वोच्च अदालतका प्रधानन्यायाधीसमाथि महाभियोग प्रस्ताव दर्ता गरेको उनले जनाए ।

प्रधानन्यायाधीसका कारण न्यायालयमा झण्डै ४ महिनादेखि न्यायिक र संवैधानिकलगायतका प्रक्रियाहरु अवरुद्ध रहेको उनले बताए ।

‘एककिसिमको अप्रत्यासीत अनपेक्षित अवरोधको अवस्था थियो न्याय प्रशासनमा । प्रधानन्यायाधीस भनेको न्यायपालिकाको नेतृत्वकर्ता पनि हो । यो अवरोध फुकाउन शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सरकारमा रहेको कारणले हामीले धेरै हस्तक्षेप गर्न सक्ने अवस्था थिएन,’ मन्त्री बडूले भने ।