१३ बैशाख २०८१, बिहीबार

महाभियोग प्रस्ताव दर्ता प्रधानन्यायाधीश जबराविरुद्ध

cholendra shumsher

प्रधानन्यायाधिश चोलेन्द शमसेर जबराविरुद्ध सत्तारुढ दलका ९८ जना सांसदले आज महाभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनुभएको छ ।

महाभियोगको प्रस्तावको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ रहनुभएको जानकारी संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दिनुभयो ।

प्रस्तावको समर्थनमा सत्तापक्षका नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ जना सांसदहरुले हस्ताक्षर गर्नुभएको छ ।
महाभियोग प्रस्तावमा प्रधानन्यायाधिश जबराको कार्यक्षमतामाथि प्रश्न उठाउदै विभिन्न २१ बुँदा समावेश गरिएको छ ।