१५ बैशाख २०८१, शनिबार

तुलसीपुरको जुत्ता–चप्पल गोदाममा आगलागी, ५ जनाको निधन

firedang1644545427

दाङको तुलसीपुरमा एक जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगलागी भएको हो । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले घरभित्र फसेका ४ पुरूष र १ बालिकाको शव निकालेको डिएसपी अर्यालले बताउनुभयो ।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।