१७ बैशाख २०८१, सोमबार

देशभर थप १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ११ जनाको निधन

corona chain

देशभर आज थप १ हजार ९ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

आज ८ हजार ५ सय ८७ वटा नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार १ सय ८४ जनामा र ४ हजार १ सय ५ वटा एन्टिजेनको नमुना परीक्षण गर्दा ७ सय ७३ गरी जम्मा १ हजार ९ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख ४ हजार २ सय १६ पुगेको छ ।

त्यस्तै देशभर आज ५ हजार १ सय ३ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको हुनेको कुल सङ्ख्या ९ लाख २० हजार ५ सय ९२ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । निको हुनेको दर ९५ प्रतिशत पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ११ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुनेको कुल सङ्ख्या ११ हजार ८ सय ३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म देशभरि ३६ हजार १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्रै देशभर २ लाख ७३ हजार ३ सय ४९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।