८ बैशाख २०८१, शनिबार

चीन र भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्छौ: सञ्चार मन्त्री कार्की

Gyanendrabdr karki 67
फाइल फोटो

चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् ।

उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सिमा समस्या आउन नदिनको लागि प्रयत्नशिल रहेको पनि बताए ।

त्यस्तै, पत्रकारको राष्ट्रपति चुरे संरक्षण तराई मधेस समितिका पदाधिकारी पदमुक्त गरेको विषयमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यम नै जिम्मेवार रहने बताए ।

सरकारका प्रवक्ता कार्कीले भने,‘चीनसँगको सिमा विवादको सम्बन्धमा सरकारले प्रतिवेदनहरुको आधारमा होइन । वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ ।

हाम्रो सिमा चाहे भारतसँग होस् चाहे चीनसँग सिमामा कुनै समस्या छन् भने ती समस्याहरुलाई सरकार कूटनीतिक ढङगले समाधान गर्ने छौंँ । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ति सरकार सदैव प्रयत्नशिल रहन्छ ।

केके सञ्चार माध्यमहरुमा कतिकुराहरु आउँछन् । त्यसको बारेमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यमहरुनै जिम्मेवार हुन्छन् ।’ प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताएका छन् ।