२१ बैशाख २०८१, शुक्रबार

‘दूध ढुवानी’को नाममा टेम्पोमा अवैध मदिरा!

auto hetauda 1

‘दूध ढुवानी सेवा’ लेखेको स्टीकर टाँसी अटोमा रक्सी (मदिरा) तस्करी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लकडाउनको बेला मंगलबार बिहान ६ बजेतिर मकवानपुर-२ चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को टेम्पोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। 

मंगलबार बिहान ६ बजेतिर हेटौंडा उपमहानगरपालिका– २ चौकीटोलमा चेकजाँचका क्रममा ना १ ह ५३८१ नम्बरको अटोलाई प्रहरीले रक्सीसहित नियन्त्रणमा लिएको हो ।

auto hetauda

मकवानपुरबाट खटिएको प्रहरी टोलीले दूधको ३ वटा खाली क्यान रहेको र सोही टेम्पोमा ६ वटा जर्किनमा अवैध घरेलु मदिरा १४० लिटर फेला पारेको थियो।