१३ बैशाख २०८१, बिहीबार

फोन सम्पर्क छैन ? सित्तैमा रिचार्ज पाउनुहोस्

we will rise

कोरोना भाइरसका कारण देश लकडाउनमा छ । अहिले बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध छैनन्, सबैको पहुँचमा डिजिटल टपअप छैन । यस्तो बेला कम्तिमा गार्ह्रो-सार्ह्रो परेको बेला आफ्ना कठिनाइ प्रियजनहरूसँग साटासाट गर्ने माध्यम नै फोन कल हो भन्‍ने कुरालाई मध्यनजर गर्दै वि विल राइज फाउण्डेसनले सहयोग स्वरूप एक हजार जनालाई निःशुल्क ५० रुपैयाँको रिचार्ज गरिदिने अभियान थालेको छ ।

यसअघि पनि लकडाउनले अति जरुरी भएकालाई अवस्था हेरेर हरेकलाई एक सय रुपैया रिचार्जको व्यवस्था फाउण्डेसनले गरेको थियो । यससम्बन्धी सूचना सार्वजनिक हुने वित्तिकै देशैभरबाट आफू विभिन्न समस्यामा परेको, आफन्तसँग कुरा गर्न नपाएको, जिरो ब्यालेन्स भएको भन्दै सयौंले रिचार्जका लागि आग्रह गरेको संस्थापक तुलसी कुमार गुरुङले जानकारी दिए । पहिलोचरणमा फाउण्डेशनले संकटमा परेका र अति जरुरी भएका ५०० जनालाई रिचार्जको व्यवस्था गरेको थियो ।

अत्यावश्यक परेका नागरिकहरूले मात्र यो लाभ लिई सहयोग गरीदिनुहुन अथवा संकटको साथीको रुपमा यो अभियानलाई साथ दिनुहुन अनुरोध गर्दछौं, संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताए ।

मोबाईल रिचार्ज अनुरोधका लागि एसएमएसमार्फत सम्पर्क गर्न सकिने फाउण्डेसनले जनाएको छ । ९८२३८७२११५ (एनटीसी) ९८१३२०७४८७ (एनसेल)

    सम्बन्धित समाचार...