१३ बैशाख २०८१, बिहीबार

अन्धाधुन्ध खुकुरी प्रहार गरी सिन्धुपाल्चोकमा दुई जनाको हत्या

muder
सांकेतिक तस्विर

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका -७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।

चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । हत्यापछि उनी फरार भएका छन् ।

हाल फरार तामाङको खोजीकार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।