१२ जेष्ठ २०७९, बिहीबार

धमाधम राजीनामा दिँदै, बेलायती प्रधानमन्त्री जोनसनका टिमका सदस्यले लकडाउनमा पार्टी गरेपछि

Boris Johnson

 बेलायती के प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ ।  उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका छन् । 

राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए । 

जोनसन आफ्नो प्रधानमन्त्री पद जोगाउन लगातार संघर्ष गरिरहेका छन् । लकडाउनका क्रममा प्रधानमन्त्री निवासमा भएको पार्टीमा सहभागी भएको विषयलाई लिएर कन्जर्वेटिभ पार्टीका सांसद उनलाई पदबाट हटाइने छ या छैन भन्नेबारे बहस गरिरहेका छन् ।