१६ चैत्र २०८०, शुक्रबार

कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिए जोनसनले

boris johnson

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् ।

पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा उभिएका छन् ।

उनको राजीनामापछि अब कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ ।

यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा भने निरन्तरता पाउनेछन् । मन्त्रीहरूले राजीनामा दिएपनि बोरिस जोनसनले आफ्नो पदमा निरन्तरता दिने दाबी गरेका छन् ।

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै बेलायतमा मन्त्रीहरूको राजीनामा सुरु भएको हो । उनीहरू दुवैले प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वलाई विश्वास नगरेको भन्दै राजीनामा दिएका थिए ।

ऋषि सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए । अर्कोतर्फ साजिद जाविदले राजीनामामा सरकारले राष्ट्रहितमा काम नगरेको बताएका छन् ।