१२ बैशाख २०८१, बुधबार

सम्भव छ चीनले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न ?

moon

के चीनले साँच्चै चन्द्रमा कब्जा गर्न सम्भव छ ? वा उसले चन्द्रमालाई आफ्नै क्षेत्र घोषणा गर्छ ? नासाको आरोपले यस्तै  संकेत गर्छ ।

नासाका प्रमुख बिल नेल्सनले एक अन्तर्वार्तामा चीनले कुनै दिन चन्द्रमामा अवतरण गर्न सक्ने बताएका थिए । उनले बेइजिङले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सक्ने दाबीसमेत गरे ।

नेल्सनका अनुसार सन् २०३५ सम्ममा चीनले आफ्नो चन्द्रमा स्टेसनको निर्माण पूरा गर्नेछ । त्यसपछि बेइजिङले धेरै चन्द्रयानहरू प्रक्षेपण गर्न सक्नेछ ।

चीनले चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ ।  प्राकृतिक उपग्रह लिने बेइजिङको एजेन्डाको बारेमा अमेरिकी अन्तरिक्ष प्रशासन धेरै चिन्तित  रहेको नासाका प्रमुखले स्वीकार गरेका छन् ।

‘हामी धेरै चिन्तित हुनुपर्दछ किनकी चीन चन्द्रमामा अवतरण गरिरहेको छ र उसले यो हाम्रो हो र तपाई बाहिर बस्नुहोस भन्दै छ’, नासा प्रशासक बिलले भने । नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम रहेको दाबी गरे ।  

चीनले अरूको विचार र प्रविधि चोरेको समेत उनले आरोप लगाए । जवाफमा चीनले सधैं बाह्य अन्तरिक्षमा राष्ट्रहरूको समुदाय निर्माण गर्न आह्वान गरेको बताउँछ । उसले नासाका प्रमुखको दावीलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।

हालैका वर्षहरूमा चीनले चन्द्रमा अन्वेषणमा ध्यान केन्द्रित गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमको गति बढाएको छ । चीनले सन् २०१३ मा  कारिन्दारहित यान अवतरण गरायो । यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन पर्याप्त शक्तिशाली रकेटहरू प्रक्षेपण गर्ने अपेक्षा गरेको छ ।

 चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकी नेसनल  एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनका प्रमुखले तथ्यलाई बेवास्ता गरेको र चीनको बारेमा गैरजिम्मेवारीपूर्ण कुरा गरेको यो पहिलो पटक होइन । ’

चीनले यो दशकपछि चन्द्रमाको दक्षिणी ध्रुवमा क्रुबिनाको मिसनको योजना बनाइरहेको छ ।