३१ बैशाख २०८१, सोमबार

साबुन फ्याक्ट्रीमा विद्युत् सर्ट भई आगलागी हुँदा ५० लाखको क्षति

Aaglagi sabun 1024x679 1

सप्तरीको राजविराज नगरपालिका–७ स्थित माँ छिन्नमस्ता साबुन फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको बोदेबरसाईन नगरपालिका–३ का सुनिल कुमार साह र वडा नम्बर ६ का प्रमोद कुमार साहले संयुक्तमा रुपमा सञ्चालन गरेको माँ छिन्नमस्ता साबुन फ्याक्ट्रीमा मङ्गलवार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साबुन फ्याक्ट्रीमा आगलागी हुँदा तयारी अवस्थामा रहेको १ हजार २ सय कार्टुन कपडा धुने साबुन र १ हजार बोरा सर्फ जलेर पूर्ण रुपमा नष्ट भएको सप्तरी प्रहरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रहरी, स्थानीयवासी तथा तालिम केन्द्र राजविराज सप्तरी र राजविराज नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।