२२ बैशाख २०८१, शनिबार

‘जर्मनी लैजान ठिक्क पारिएका २ लाख मास्क अमेरिकाले कब्जा गर्‍यो’

mask

दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ।

थाइल्याण्डबाट जर्मनी लैजान ठिक्क पारिएको दुई लाख थान मास्क अमेरिकाले कब्जा गरेको आरोप जर्मनीले लगाएको हो ।

बर्लिन प्रहरीको प्रयोगका लागि अमेरिकामा बनेको एफपीपी टू मास्क थाइल्याण्डको बैंककबाट जर्मनी पठाइन लागेका बेला अमेरिकाको कब्जामा परेको बीबीसीले जनाएको छ ।

बलिीनका आन्तरिक मामलामन्त्री आन्दे्रयास गिजेललले आफ्नो मुलकका लागि खरिद गरिएको मास्क गन्तव्यमा आई नपुगेको बीबीसीलाई बताएका छन् ।

यस्तै फ्रान्सले पनि स्वास्थ्य सामग्री खरिदमा कब्जा जमाउने अमेरिकी शैलीले आफूहरुलाई समस्या परेको जनाएको छ ।

निर्यातमा प्रतिबन्ध

बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताए।

मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए।

शुक्रवार ट्रम्पले डिफेन्स प्रोडक्शन एक्ट नामक कानुनको प्रयोग गरेर मेडिकल सामग्रीको आपूर्ति घरेलु माग धान्नकै निम्ति अमेरिकी कम्पनीहरूलाई बाध्य गराइएको बताए।

“ती सामान तत्काल हामीलाई घरेलु प्रयोगलाई चाहिन्छ,” ट्रम्पले भने।

‘आधुनिक डकैती’

ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए।

तर ती कहाँ त्यसरी जफत गरिएका हुन् भन्ने उनले खुलाएनन्।

जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु ‘आधुनिक डकैती’ सरह भएको बताए।

उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न भनेका छन्।

“आफ्ना एट्लान्टिक पारका साझेदारहरूसँग व्यवहार गर्ने यो उपयुक्त शैली होइन। विश्वव्यापी सङ्कटकै बेला पनि यस्ता जबरजस्ती गरिनुहुन्न,” उनले भने।