११ बैशाख २०८१, मंगलवार

कोरोना मृत्युदर्: संयुक्त राज्य अमेरिका पहिलो, बेलायत दोस्रो

corona nepal

संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७२,२७१ पुगेको छ भने संक्रमित संख्या ३,७२६,७०४ पुगेको छ । यो आंकडा सँगै संयुक्त राज्य अमेरिका संसारकै बढी संक्रमित र कोरोनाको कारण निधन हुने पहिलो राष्ट्र बनेको छ ।

त्यसैगरी बेलायतमा कोरोनाको कारण निधन हुने संख्या उल्लेख्य बढेको छ । पछिल्लो २४ घन्टामा ६ सय ९३ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । यो समाचार तयार गर्दा सम्म बेलायतमा २९,४२७ जनाले ज्यान गुमाएका छन ।

इटालीमा २९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ जुन युरोपमा हालसम्मकै ठुलो संख्या थियो ।

नियमित साक्षातकारमा बेलायती विदेशमन्त्री डोमिनिक र्‍याबले यो ठूलो दुःखद घटना भएको उल्लेख गर्दै यति धेरै क्षति मुलुकले कहिल्यै बेहोर्नु नपरेको बताए।