८ बैशाख २०८१, शनिबार

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने, लकडाउनको समय बढाइएको छैन

ministry meeting corona

सरकारले जारी लकडाउनलाई झनै कडाइ गरेको छ ।

सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गरी परिचालन गर्ने निर्णय गरेको छ।

बैठकले एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको छ । त्यसको कार्यान्वयनको लागि सरकारले प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ ।

यसैबीच लकडाउनको समय भने बढाइएको छैन । मन्त्रिपरिषदको शनिबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

स्थानीय तहको आवागमन नियन्त्रित गर्न स्थानीय तहलाई सरकारले आग्रह गरेको छ । त्यसैगरी कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोसिस टेष्ट गरिने उनले बताए ।

यसैगरी पछिल्लाे समय काेराेना सङ्क्रमित भेटिएका कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्टमार्फत परीक्षण गर्ने निर्णय गरेकाे उनले बताए। ती जिल्लामा सङ्क्रमण थप फैलन नदिन आशङ्‍‍का लागेका सबैकाे नमुना परीक्षण गरिने उनले बताए।

स्वास्थ्यकर्मीकाे मनाेबल बढाउन उनीहरुलाई स्वास्थ्य सुरक्षाका उपकरणहरु यथाशक्य चाँडो उपलब्ध गराउनेलगायत निर्णयसमेत भएको प्रवक्ता खतिवडाले जानकारी दिए। यसअघि सरकारले स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्तालगायत सुविधा उपलब्ध गराउने निर्णय गरेकाे थियाे।