१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक, जनमोर्चाबाट अनुपस्थित

gathabandhan meeting
फाइल फोटो

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने उपस्थित भएको छैन ।

बैठकले स्थानीय तहको निर्वाचनको मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।

यसअघि शुक्रबार प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा गठबन्धनको बैठक डाकी निर्वाचनको मिति तोक्ने विषयमा सहमति भएको थियो ।

यद्यपि गठबन्धनमा आवद्ध दलहरुबीचमा आगामी निर्वाचनलाई लिएर एकमत देखिएको छैन । प्रधानमन्त्री देउवा स्थानीयको निर्वाचन पहिले गर्ने पक्षमा रहेका छन् भने गठबन्धनका नेताहरु संघीय निर्वाचनमा जानुपर्ने तर्क गरिरहेका छन् ।