१४ बैशाख २०८१, शुक्रबार

आज पनि देशका थोरै ठाउँमा वर्षा र हिमपात हुने

weather aajko mausam

आज पनि देशका थोरै ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि हुनेछ । तर हिजो अस्तिको जस्तो दिनभर नै बादल भने नलाग्ने उहाँले बताउनुभयो ।

देशका विभिन्न ठाउँमा बादल लाग्दै घाम लाग्नेछ । तर लगातार झरीको सम्भावना भने नरहेको उहाँको भनाइ छ । तराईका भूभागको मौसम विस्तारै खुल्दै गएपनि पहाडी भेगको मौसम भने पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् पौडेलले बताउनुभयो ।

यस्तै आज रातिदेशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।