१७ बैशाख २०८१, सोमबार

श्रीमती श्वेतासँगको बेबी पम्पको तस्वीर सेयर गर्दै आदित्य नारायण

aaditya narayan

नेपाली मूलका भारतीय गायक उदितनारायण झाका छोरा आदित्य नारायण बाबु बन्ने भएका छन् । उनले सामाजिक सन्जालमा आफ्नी श्रीमती श्वेतासँगको एउटा तस्वीर सेयर गरेका छन् । अहिले यो तस्वीरको चर्चा निकै बढेको छ ।

सामाजिक सन्जालमा बेबी बम्पको तस्वीर सेयर गरेपछि आदित्यलाई बलिउडका सेलेब्रिटीहरुले बधाई दिएका छन् । कतिपयले चाहिँ उनीहरुको बच्चा छोरा हुने या छोरी हुने भन्नेबारे चर्चा गरेका छन् ।

आदित्यले सामाजिक सन्जालमा सेयर गरेको यो तस्वीरमा चाहिँ उनका प्रशंसकहरुले छोरा हुने दाबी गरेका छन् ।

आदित्यले चाहिँ छोरी पितासँग नजिक हुने भएकाले आफूले छोरी चाहेको उल्लेख गरेका छन् ।

आदित्य र श्वेताबीच सन् २०२० डिसेम्बरमा विवाह भएको थियो । विवाहअघि श्वेता फिल्ममा काम गर्थिन् । उनले राघवेन्द्र, तन्दुरी लभ, शापित लगायतका फिल्महरुमा अभिनय गरेकी छन् । आदित्य नारायण भने विशेषगरी सिंगिङ रियालिटी शोको होस्ट गरिरहेका छन् ।