१६ चैत्र २०८०, शुक्रबार

आदित्य र नेहाको विवाह पक्‍का,नेहाका भाइ टोनीले भने ‘फेब्रुअरी १४ का बेहुला-बेहुली’

Tony Kakkar neha kakkar

निकै समय अघिदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको असाध्यै चर्चा भइरहेको छ ।

गायिका नेहा कक्कड र गायक आदित्य नारायण झाले बिबाह गर्ने समचारहरु भाइरल भइरहेका छन् । इन्डियन आइडलमा नेहा र आदित्यले सहकार्य गरिहरेका छन् । जहाँ नेहा जज बनेकी छिन् भन् आदित्य होस्ट गरिरहेका छन् ।

त्यहीँ इन्डियन आइडलको सेटबाट नै उनीहरुको बिबाहको समचार आएको हो । आइडलको सेटमा नै पुगेर उनीहरुको परिवारले नेहा र आदित्यको बिबाहको मिति सार्वजनिक गरेका थिए । उनीहरुले नेहा र आदित्यले भ्यालेनटाइन्स डे अर्थात् फेब्रुअरी १४ मा बिबाह गर्न लागेको बताएका थिए ।

यसबाहेक नेहा कक्कड र आदित्य नारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन् । नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’ ।

यस्तै आदित्य नारायणले पनि इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘मेरो मुटुको एउटा टुक्रा’ ।

#GoaBeach @nehakakkar @adityanarayanofficial @kat.kristian @anshul300 @piyush_bhagat @shaziasamji @raghav.sharma.14661 @desimusicfactory #tonykakkar #goabeach #goa #nehakakkar #adityanarayan

Posted by Tony Kakkar on Wednesday, February 5, 2020

तर, उक्त कुरा रमाइलोको लागि मात्र भनिएको थियो वा वास्तविक थियो भन्ने धेरैलाई अलमलको विषय बनेको थियो । धेरैले यसलाई सत्य भएको बताए भने केहीले फण्डामात्र भएको बोले ।

यस्तैमा, नेहाका भाइ गायक टोनी कक्कडले पनि यस विषयमा बोलेका छन् । उनले सामाजिक संजालमा पोष्ट गरेको एक भिडियोमा उक्त विषयमा बोलेका हुन् । उनले त्यहाँ नेहा र आदित्य फेब्रुअरी १४ को बेहुला बेहुली भएको बोलेका छन् ।

उनले भनेका छन्, ‘यी दुई जना फेब्रुअरी १४ बाट एक हुदैँछन् । त्यसैले उनीहरुलाई मैले मेरो गीतमा काम गराइहाले ।’ उक्त भिडियो टोनीको गीत छायांकन सेटमा तयार गरिएको भिडियो हो । टोनीको नयाँ गीतमा नेहा र आदित्य फिचर भएका छन् ।

टोनीको उक्त भिडियोबाट नेहा र आदित्यको बिबाह साच्चिकै हुन लागेको हो कि भन्ने आभाष हुन्छ ।