१३ बैशाख २०८१, बिहीबार

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि शुक्रवार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

शुक्रवारको पहिलो बैठक कांग्रेसले अवरुद्ध गरेको थियो । संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले सूचना प्रकाशित गरी आइतवार दिउसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका नेतालाई प्रतिशोधपूर्ण र बदलितयपूर्ण ढंगले मुद्दा लगाइएको भन्दै कांग्रेसले बिहीवार र शुक्रवार संसद बैठक अवरुद्ध गरेको थियो ।

शुक्रवारको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्नि सापकोटाले दोस्रो बैठक आधा घण्टापछि बोलाएका थिए । तर बैठक नबसी सूचना टाँस गरेर स्थगित गरिएको छ ।

parliament