१४ बैशाख २०८१, शुक्रबार

क्रमिक सुधार मौसममा, पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्ने

weather
फाइल फोटो

नेपालको मौसम पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्ने मौसमविदहरुले बताएका छन् ।

सोमवारभन्दा मंगलवार मौसममा तुलनात्मक सुधार आए पनि पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्ने मौसमविदको भनाइ छ । राजधानी काठमाडौंमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

बुधबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ ।

देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।