१५ चैत्र २०८०, बिहीबार

समाचार डिलिट काण्ड के हो ? कसरी मुछियो ई-सेवा ? ई-सेवाको विश्वासनियतामा प्रश्न

news esewa

विधुतीय भुक्तानी सेवाप्रदायक इसेवाले ग्राहकको डाटा सुरक्षणलाई लिएर सामाजिक सञ्चालमा बहिस्कार अभियान चलाइएको छ ।अभियान कै कारण esewa अहिले ट्रेन्डिङ्ग हुँदै छ ।

इ-सेवाका भगनी संस्था शिरान टेक्नोलोजिज सञ्चालकले आफू डेभलपर भएको अनलाइन सिस्टमभित्र अनाधिकृत रुपमा घुसेर समाचार डिलिट गरेपछि ई-सेवाको विश्वासनियतामा प्रश्न उठेको भन्दै प्रयोगकर्ताहरुले बहिस्कार अभियान चलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित ‘काठमाडौं प्रेस’ अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेर समाचार डिलेट गरेको आरोप लागेसँगै यस सम्बन्धमा विभिन्न टिकाटिप्पणी सुरु भएको हो ।

आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अस्गर अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गराएको आरोप लागेको हो ।

मङ्गलबार काठमाडौँ प्रेसले ‘महङ्गोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको भन्दै समाचार सार्वजनिक भएको थियो ।

समाचार डिलिट गरिएको प्रकरणमा काठमाडौंप्रेस डटकमको साइट डेभलपर कम्पनी सिरान टेक्नोलोजिज प्रालिले गल्ती स्वीकार्दै क्षमायाचना गरेको छ। सोही समाचार अनधिकृत रुपमा डिलेट भएको काठमाडौं प्रेसले जनाएको छ । यद्यपि समाचार पोर्टल आफ्नो नियन्त्रणमा आएपछि काठमाडौं प्रेसले सो समाचार पुनः प्रकाशित गरेको छ ।

विद्युतीय भुक्तानी सेवाप्रदायक इसेवाका मालिक समेत रहेका अस्गरको समूहले अनधिकृत काम गरेको आरोप लागेपछि ग्राहकहरुले प्रश्न उठाउँदै सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान चलाएका छन् । वेबसाइट ह्याक र समाचार डिलेटका सन्दर्भमाअस्गर अलीसँग पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आएका छैनन् ।

इसेवाको सहायक कम्पनी सिरान टेक्नोलोजीज काठमाडौं प्रेसको वेभ डेभलपर हो । आफ्ना सञ्चालकको विषयमा समाचार आएपछि उसैले समाचार डिलिट गरिदिएको आरोप लागेको छ । 

गएको माघमा इसेवाले ३० लाख ग्राहक रहेको सार्वजनिक गरेको थियो भने हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेको जनाएको छ । अहिले ग्राहकले ति ग्राहकको बैंकमा रहेको डाटा र नगद समेतको सुरक्षाको ग्यारेण्टी नभएसम्म प्रयोग नगर्ने बताउन थालेका छन् । 

व्यक्तिका मात्र होईन बैंकका डाटा पनि चोरी हुन सक्छन् 

सञ्चालकहरुले विश्वासमा डेभलप र डिजाइन गर्न दिएको मिडियानै ह्याक गरेर समाचा हटाएपछि सिरानटेक कम्पनीको विश्वासनियतामाथी नै प्रश्न उठेको छ । उसले डेभलप गरेका अन्य वेवसाइटहरु पनि असुरक्षित देखिएको भन्दै सरोकारवालाहरुले प्रश्न उठाएका छन् । 

‘सिरानटेकले आफुले बनाएको साइटको समाचार हटाउने ल्याकत राख्छ भने उसले धेरै बैंकका वेवसाइट बनाएको छ । बैंकका डाटा र पैसा पनि त असुरक्षित देखियो नी हैन र?’, ट्वीटरमा ‘काजी’ तिर्जराजले लेखेका छन् । 

यसरी आयो इ-सेवा माथि एकाएक अविस्वास ?
काठमाडौं प्रेस अनलाइनले बुधबार प्रधानमन्त्रीका आइटी विज्ञ अली, उपप्रधानमन्त्री ईश्वर पोखरेलका छोरा स्वराज र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज चीनबाट कोरोना भाइरसविरुद्ध आवश्यक सामान खरिदको अनियमिततामा सामेल रहेको समाचार प्रकाशित गरेको थियो।

सिरान टेक कम्पनी र इसेवा एउटै सञ्चालकले चलाएका भगिनी कम्पनी हुन् । उनीहरू दुवै चीनबाट सामान खरिद अनियमिततामा जोडिएका प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अली सञ्चालक रहेको कम्पनी एफ वान सफ्ट मार्फत सञ्चालित सहायक कम्पनी हुन् । 

त्यसमध्ये इसेवाले विद्युतीय भुक्तानी र सिरान टेकले वेभसाइटको डिजाइन तथा डेभलपमेण्टको काम गर्छ । काठमाडौँ प्रेसको वेभसाइटको डिजाइन तथा डेभलपमेण्ट पनि सिरान टेकलेले गरेको छ । उनै अलीको नाम जोडिएपछि उसले अनलाइनको सिस्टमभित्रै घुसेर आफ्नो सञ्चालकविरूद्धको समाचार हटाइदिएको काठमाडौं प्रेसको दाबी छ।

मंगलबार काठमाडौँ प्रेसले अस्गर अली समेतको नाम मुछेर समाचार प्रकाशन गरेपछि बुधबार सिरान टेक्नोलोजीज तथा मूल कम्पनी एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन गर्दै समाचार हटाउन काठमाडौँ प्रेसका सम्पादकलाई दबाब दिएको काठमाडौं प्रेसले जनाएको छ । तर काठमाडौँ प्रेसले उक्त समाचार हटाउन नसकिने र समाचारमा चित्त नबुझे कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।

समाचार हटाउन नमिल्ने जवाफ दिएपछि बुधबार बिहान ११ बजेर २० मिनेटमा सिरान टेक्नोलोजीका व्यवस्थापनका प्रज्वल महर्जनले काठमाडौँ प्रेसका सम्पादकलाई फोन गरी समाचार हटाउन पुनः दबाब दिएका थिए । तर समाचार हटाउन नसकिने जवाफ दोहोर्याएपछि उनीहरुले करिब ११ः२५ बजे उक्त समाचार डिलिट गरेको काठमाडौँ प्रेसले बताएको छ ।

काठमाडौँ प्रेसका अनुसार समाचार डिलिट गर्न नसकिने जवाफ दिए लगत्तै सिरान टेक्नोलोजीले नयाँ एडमिन क्रियट गरेको थियो । समाचारको सम्बन्धमा आपत्ति जनाउँदै डिलिट गर्न दबाब दिएपनि काठमाडौं प्रेसले ‘साइट नचलाउनुस्, कन्टेन्टमा जाने तपाईंको अधिकार छैन’ भन्दै फोन राखेका थिए । तर त्यसको २ मिनेटमा नै अर्को एडमिन क्रिएट गरी उक्त समाचार डिलिट गरिएको काठमाडौँ प्रेसले जनाएको छ ।

सिरान टेक्नोलोजीजले आफ्नो अधिकारक्षेत्रमै नपर्ने समाचार डिलिट मात्र नगरेर डेढ घण्टा एडमिनमा समेत कब्जा जमाएको काठमाडौँ प्रेसले जनाएको छ । समाचार डिलिट भएको समय बिहान ११ः३० बजेदेखि अपरान्ह १ बजेसम्म न्युज पोष्ट गर्न समेत नमिल्ने गरी एडमिन कब्जा गरेको भन्दै यस्तो कार्य कदापि क्षम्य हुन नसक्ने काठमाडौँले प्रेसले बतायो ।

यसरी आफूलाई समाचारमा चित्त नबुझेपछि आफैले डिजाइन गरेको वेवसाईटभित्र अनाधिकृतरुपमा छिरेर समाचार डिलिट गरेपछि यसका प्रयोगकर्ता झस्किएका हुन् । किनकी ईसेवाको ग्राहक बन्दा ग्राहकले आफ्नो ब्यक्तिगत जानकारीदेखि बैंकिङ्ग जानकारीसम्म सबै दिनुपर्छ ।

तर यसरी आफूलाई चित्त नबुझ्ने वित्तिकै मिडियामा समेत आक्रमण गर्नेले सर्वसाधारणलाई के बाँकी राख्लान् भन्ने प्रश्न ग्राहकले उठाएका छन् ।

इसेवाका ग्राहकमध्येका एक नारायण पन्तले इसेवाका सञ्चालकको विषयमा जे कुरा बाहिर आएको छ त्यसले आफूलाई झस्काएको बताए । उनले भने, ‘इसेवाका संचालकको विषयलाई लिएर जेजस्तो समाचार आएको छ । त्यो विषयले एक ग्राहकको नाताले मलाई पनि छोएको छ । कतै हाम्रो इसेवा खातामा रहेको पैसा तलमाथि त हुने होइन रु’

उनले आफू इसेवा प्रयोगको सन्दर्भमा सशंकित भएको बताए ।

ट्वीटरमा राज शाहले बैंकिङ एप र इसेलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेका छन् ।

यस्तै निरज बी नाम गरेका ट्वीटर प्रयोगकर्ता भन्छन्–इसेवाले नेपालका बैंकहरूको अनलाइन कारोबार हेर्छ। इसेवासँग अहिले नै लाखौँ मानिसको व्यक्तिगत विवरण छ,’ ‘यस्तो अवस्था रहने हो भने इसेवाले मानिसको बैंक खाताबाट पैसासमेत चोर्न सक्छ।

यी त उदाहरणमात्रै हुन्, सामाजिक सञ्जालमा इसेवाको विश्वसनीयता पनि अत्यधिक प्रश्न उठेको छ भने कतिले त इसेवाको आईडी बन्द गर्ने र इसेवाको एप पनि अनइन्स्टल गर्ने बताएका छन् ।

१० वर्षदेखि सेवा दिँदै आएको इसेवा सञ्चालकहरूले गरेको गलत कार्यको परिणाम नराम्रो हुने आँकलन गर्छन पत्रकार गजेन्द्र बुढाथोकी । ‘ब्रान्ड बनाउन १० वर्ष लाग्छ, बिग्रन १० मिनेट। ईसेवावाले आज एक मिडियाको सिप्यानलमा अनाधिकृत प्रवेश गरेको परिणाम छिटै देखिनेछ’, बुढाथोकीले ट्वीटरमा भनेका छन् ।

सञ्चालकहरुले विश्वासमा डेभलप र डिजाइन गर्न दिएको मिडियानै ह्याक गरेर समाचार हटाएपछि सिरानटेक कम्पनीको विश्वासनियतामाथी नै प्रश्न उठेको छ । उसले डेभलप गरेका अन्य वेवसाइटहरु पनि असुरक्षित देखिएको भन्दै सरोकारवालाहरुले प्रश्न उठाएका छन् ।

esewa trending
esewa 10
esewa 9
esewa 8
esewa 7
esewa 6
esewa 5
esewa 4
esewa 3
esewa 2
esewa 1