१३ बैशाख २०८१, बिहीबार

संजय दत्त श्रीमतीको फोन आएर घर भागेपछि सलमानले विवाह नगर्ने सोच बनाए

salman khan

बलिउड स्टार संजय दत्त श्रीमतीको फोन आएर घर भागेपछि आफुले विवाह गर्ने सोच बनाउन छाडेको सलमान खानले बताए। सलमान खानले सञ्जय दत्तको अवस्था देखेपछि आफूले विवाहको सोच नबनाएको बताए।

सलमान खानले ‘द कपिल शर्मा शो’को क्रममा उक्त प्रसंग बताएका थिए। सलमान खानलाई एकपटक सञ्जय दत्तले आफूलाई विवाहको सल्लाह दिँदै गर्दा उनकी श्रीमतीको फोन आएको र आफूलाई त्यहीँ छाडेर उनी घर भगेको बताए । उनले भने, ‘एकपटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो र उनी एक सेकेन्ड भनेर त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्रो छ ।’

५४ बर्ष पुगेका सलमानको विवाहको चर्चा उनको जन्मदिन तथा नयाँ वर्षको शुरुवातसँगै चुलिने गर्छ। यसपटक पनि सलमान खानको विवाहको चर्चा चुलिएको थियो तर उनले सञ्जय दत्तलाई देखाएर पन्छिएका छन् ।

सन् २०१६ मा संजय दत्त जेलबाट बाहिर आएपछि दुईबीच मतभेद रहेको कुरा मीडियामा आएको थियो । संजयले एक अन्तर्वार्ताको क्रममा सलमान र आफुबीचको मनमुटावको हल्ला मिडियाले गर्दा भएको बताएका थिए ।