१४ बैशाख २०८१, शुक्रबार

हक्की छोडेर नर्स बन्दै

Aust Lynch

कोरोना भाइरससँग लड्नका लागि विश्वभरका खेलाडीले आ–आफ्नो तरिकामा सहयोग गर्दै आएका छन् । ठूला–ठूला स्टार खेलाडीले करोडौंको आर्थिक सहयोग गरेका छन् ।

तर, अस्ट्रेलियाकी ओलम्पियन हक्की खेलाडी राचेल लिन्चले भने नर्स बन्दै कोरोना संक्रमितलाई सहयोग गरिरहेकी छन् । कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्षका लागि सारिएको छ । त्यसैले यस खाली समयमा लिन्चले नर्सका रुपमा एक अस्ट्रेलियाको अस्पतालमा सेवा गरिरहेकी छन् ।

अस्ट्रेलिया महिला हक्की टिमकी गोलरक्षक लिन्च एक रजिस्टर्ड नर्स हन् । स्टाफ नर्सभन्दा माथिको दर्जालाई रजिस्टर्ड नर्स ९आरएन० भनिन्छ । हाल उनले आफ्नो रजिस्ट्रेसन कोरोनाको उपचाररत क्लिनिकमा गरेकी छन् । उनी पहिले पनि साताको एक दिन ‘न्युरो रिह्याबिलिटेसन वार्ड’ मा काम गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।

अस्ट्रेलियामा हालसम्म पाँच हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने २४ जनाले ज्यान गुमाएका छन् । एजेन्सी