१७ बैशाख २०८१, सोमबार

शीर्ष स्थानमा म्यानचेष्टर सिटी बराबरीमा रोकियो

0 10

इंग्लिस प्रिमियर लीग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी बराबरीमा रोकिएको छ ।

सिटीले आफ्नो पछिल्लो खेल साउथह्याम्टनसँग एकएक गोलको बराबरी खेलेको हो । लगातार १२ खेलमा अपराजित सिटी साउथह्याम्टनसँग बराबरीमा रोकिएको हो ।

घरेलु मैदान सेन्ट मेरी रंगशालामा साउथह्याम्टनले सातौं मिनेटमै काइल वाल्कर पिटर्सको गोलसँगै अग्रता लियो ।

त्यसपछि सिटीका लागि ६५औं मिनेटमा आयमेरिक लापोर्टेले गोल थपेका थिए । बराबरीपछि पनि सिटीले २३ खेलबाट ५७ अंक जोडेको छ ।

प्रिमियर लीग अन्तर्गत नै गएराति म्यानचेष्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई, एष्टन भिल्लाले एभर्टनलाई तथा न्यूक्यासल युनाइटेडले लिड्स युनाइटेडलाई समान १० र उल्फ्ले ब्रेन्टफोर्डलाई २(१ हराए ।