१४ बैशाख २०८१, शुक्रबार

सिटीसँग चेल्सी पराजित

chelsea vs man city

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीमाथि १-० गोलले जित हात पारेको छ ।

चेल्सीको मैदान स्टामफर्ड ब्रिजमा गएराती भएको खेलमा सिटीले पहिलो हाफमा गोलका लागि संघर्ष गरेको थियो । चेल्सीले गोलका अवसर भने सदुपयोग गर्न सकेन ।

६० औं मिनेटमा बर्नान्डो सिल्भाको स्थानमा रियाद महरेज र फिल फोडनको स्थानमा ज्याक ग्रिलिस मैदान प्रवेश गरेका थिए । खेलको ६३ औं मिनेटमा सिटीका लागि ग्रिलिसको सहयोगमा महरेजले गोल गर्दै अग्रता दिलाएका थिए ।

जारी सिजन प्रिमियर लिगमा महरेजको यो दोस्रो गोल हो । यो जितले सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी पाँच अंकमा झारेको छ ।

दोस्रो स्थानमा रहेको सिटीले १७ खेलबाट ३९ अंक जोडेको छ । लिग लिडर आर्सनलको ४४ अंक छ । १८ खेलबाट ३५ अंक बटुलेको न्युक्यासल तेस्रो र चेल्सी २५ अंकका साथ १० औं स्थानमा छ ।