२० बैशाख २०८१, बिहीबार

टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित

355361672590313

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइताबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ ।

टोटनहम घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे । खेलको ५० औं मिनेटमा इमीको गोल मार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो । 

इमीले ओली वाट्किन्सको पासलाई सदुपयोग गरेका थिए । ७३ औं मिोटमा डुग्लासले गोल गर्दै एस्टन भिल्लालाई २–० को जित दिलाएका थिए ।