१६ चैत्र २०८०, शुक्रबार

प्रमुख प्रतिपक्षी दल एमालेले आज धारणा सार्वजनिक गर्ने

Uml New office 1024x538 1

स्थानीय तह, प्रतिनिधि सभाको चुनावलगायत समसामयिक राजनीतिक घटनाक्रमका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज धारणा सार्वजनिक गर्ने भएको छ ।

यसका लागि आज दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावका बारेमा सत्ताधारी दलबीच भइरहेका छलफल र एमालेलाई लगाइएका विभिन्न आरोपका बारेमा पनि अध्यक्ष ओलीले विचार राख्ने तयारी गर्नुभएको छ ।

ओली निकट नेताहरूका अनुसार भने वक्तव्य मात्रै सार्वजनिक गर्ने तयारी पनि भएको छ ।

सत्ताधारी दलहरूबीच पहिले स्थानीय तह वा प्रतिनिधि सभा कुन चुनाव गर्ने भन्ने बारेमा सहमति भइसकेको छैन ।

एमालेले भने स्वार्थपूर्ण ढङ्गले चुनावको मिति पछाडी धकेल्न खोजिएको आरोप लगाउँदै आएको छ ।