
अब खाडी मुलुक भिजिट भिसामा जान नपाइने भएको छ । गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको हो ।
मन्त्रालयले बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।
