६ बैशाख २०८१, बिहीबार

कानुन विज्ञसँग छलफल गर्ने सत्ता गठबन्धनले

gyanendra bdr Karki
फाइल फोटो

सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठक पश्चात सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार निर्वाचनबारे बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भएको र ती विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको हो ।