१३ बैशाख २०८१, बिहीबार

एक लाख १५ हजार म्यादी प्रहरीसहित चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

ministar home

गृह मन्त्रालयले निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था लागू गरेको छ ।

आगामी संसदीय निर्वाचनका लागि प्रक्रिया सुरु भएसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको हो ।

मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन् ।

मन्त्रालयका अनुसार मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता भएसँगै चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन् ।

निर्वाचन सुरक्षा रणनीतिअनुसार एक लाख १५ हजार म्यादी प्रहरीसहित करिब तीन लाख सुरक्षाकर्मी परिचालन हुनेछन् । आइतबार उमेदवारी दर्ता भएसँगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षाका लागि देशभर सशस्त्र प्रहरी बल परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गरी सुरक्षा संयन्त्र प्रभाजकारी बनाउनका लागि निर्देशन दिएको छ । सुरक्षासँगै विभिन्न दलको प्रचार कार्यक्रम नजुध्ने गरी स्थान व्यवस्था गर्न पनि प्रमुख जिल्ला अधिकारीले निर्देशन पाएका छन् ।