२५ बैशाख २०८१, मंगलवार

कोरोना अपडेट : एकै दिन फ्रान्समा १३५५ को निधन, अमेरिकामा २९,८७४ संक्रमित

covid 19

फ्रान्समा एक दिनमै कोरोना भाइरसका कारण १३५५ जनाभन्दा बढीको ज्यान गएको छ । यो एकदिनमा हालसम्मकै सबैभन्दा बढी ज्यान गएको रेकर्ड हो । यो सँगै फ्रान्समा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ भने संक्रमतिको संख्या झण्डै ६० हजार पुगेको छ । फ्रान्समा पछिल्लो समय भाइरसका कारण मृत्युदर उच्च रहेको छ ।

संक्रमितको संख्या बढ्दै गर्दा चिकित्सकहरुले दिने सुविधामा पनि उत्तिकै कमी आएपछि विरामीहरुको ज्यान जान थालेको बताइएको छ । यतिधेरै संख्यामा ज्यान ज्यानुले देशमा अर्को संकट ल्याउने अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाको आठ राज्य मा एकैदिन एक ह्जार भन्दा माथी संक्रमित भेटिएका छन । सबै भन्दा बढी संक्रमित भएकामा न्यू योर्क्, न्यू जर्सि, लुइसियाना, मिशिगन, पेन्सिलभेनिया, फ्लोरिडा, म्यासाचुसेट्स र क्यालिफोर्निया रहेका छन ।

न्यू योर्कमा सबै भन्दा बढी नयाँ संक्रमित ९,१५२ देखिए भने क्यालिफोर्नियामा १,०३१ संक्रमित भेटिएका छन ।