१४ बैशाख २०८१, शुक्रबार

शक्तिशाली बिस्फोट पाकिस्तानको लाहोरमा, तीन जनाको निधन

blast1642731096 1

पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको निधन भएको छ ।

बिस्फोटमा २० जनाभन्दा बढी घाईते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ ।

बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन् । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ । बिस्फोटपछि सवारी साधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।