२४ बैशाख २०८१, सोमबार

तीनवटा दलको दर्ता खारेज

Election Commission Nepal

निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ ।

लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन् ।

आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन् ।

यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो ।

३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आउनुभएको थियो । उहाँको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो ।