१४ बैशाख २०८१, शुक्रबार

तालिबानको असफल हत्या प्रयासको दश वर्षपछि युसुफजाई पाकिस्तानमा

Malala Yousafzai

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मस्थान पाकिस्तान पुगेकी छन् । तालिबानको असफल हत्या प्रयासको दश वर्षपछि युसुफजाई पकिस्तान फर्किएकी हुन् । पाकिस्तानमा रहँदा उनले बाढी प्रभावित क्षेत्रका मानिससँग भेट गर्ने छिन् । यो वर्ष पाकिस्तानमा एक दशकयताकै ठूलो वर्षा भएको छ ।

किशोरी शिक्षा अभियान चलाएको आरोप लगाउँदै पाकिस्तान तालिवान आबद्ध लडाकुहरुले उनीमाथि गोली प्रहार गर्दा मलाला केबल १५ वर्षकी थिइन् । तत्काल उनलाई बेलायत लगेर उपचार गरिएको थियो । त्यसपछि उनले विश्वव्यापी रुपमा बालिका शिक्षाको अभियानमा लागेकी थिइन् । उनी नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने अहिलेसम्मकै सानो उमेरकी व्यक्ति हुन् ।

आक्रमणको १०औँ वार्षिकीको दुई दिनपछि स्वदेश फर्किएकी उनी दक्षिणी सहर कराँचीमा उत्रेकी थिइन् । उनले  यस वर्षको अभूतपूर्व वर्षापछिको बाढीबाट प्रभावित मानिसहरूसँग भेट गर्ने भएकी छिन् ।

विनाशकारी बाढीले पाकिस्तानको एक तिहाइलाई भूमी जलमग्न बनेको थियाे  भने   लाखौँ मानिस विस्थापित भएका छन् । बाढीले ४२ अर्ब बराबरको भौतिक क्षति भएको छ ।