६ बैशाख २०८१, बिहीबार

बराबरीमा रोकियो चेल्सी

chelsea

इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।

प्रिमियर लीगको पछिल्लो खेलमा चेल्सी र ब्राइटनले १–१ गोलको बराबरी खेलेका हुन् । अवे मैदानमा चेल्सीले २८औं मिनेटमा हाकिम जियचको गोलबाट अग्रता लिएको थियो । तर ६०औं मिनेटमा ब्राइटनका आदम बेवष्टरले बराबरी गोल फर्काए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । बराबरीसँगै चेल्सीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

तेस्रो स्थानको चेल्सीले २३ खेलबाट ४४ अंक जोड्दा २१ खेल खेलेको ब्राइटनको २९ अंक छ ।