१६ चैत्र २०८०, शुक्रबार

(फोटो फिचर) कलाकार नआएको आक्रोशमा आगजनी

vanfire

सुनसरीको सीमावर्ती गाउँ चिमडीको बर्जु महोत्सवमा उपस्थित हुने भनिएका कलाकार नआएको भन्दै आक्रोशित दर्शकले आगजनी गरेका छन् ।

जिल्ला सदरमुकाम इनरुवादेखि २२ किलोमिटर दूरीमा रहेको बर्जु गाउँपालिका ६ चिमडीको बर्जु तालमा भारतको बिहारका भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउने भनेर व्यापक प्रचारप्रसार गरिएको थियो । तर, कार्यक्रममा यादव नआएपछि आक्रोशमा दर्शकले मञ्च र केही गाडीमा आगजनी गरेका हुन् ।

बिहानैबाट टिकट काटेर प्रवेश गरेको तर कलाकार यादव नलाउने भएपछि दिउँसो दर्शकले आगजनी गरेको महोत्सवमा सहभागी पत्रकार सुरेन्द्र मेहताले जानकारी दिनुभयो । आगजनीबाट भारतीय नम्बर प्लेट भएका चार वटा स्कारपियो जलेका छन् ।

भोजपुरी सुपर स्टार कलाकारलाई हेर्न स्थानीय दर्शक बिहानैदेखि दुई सय र तीन सय रुपियाँको टिकट काटेर महोत्सवमा बसेका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पुस २३ गतेदेखि चलेको महोत्सवमा विभिन्न कलाकारको प्रस्तुति हुँदै आएको थियो ।

61e6c435aadff fire news photo
kurshii